सुनको मूल्यले नयाँ रेकर्ड बनायो
काठमाडौं,१३ फागुन । मंगलबार, सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल एक लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरि, चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्