सुन र चाँदीको मूल्य सामान्य बढ्यो
काठमाडौं,१२ फागुन । सोमबार सुन र चाँदीको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल एक लाख ७० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्