सुनको मूल्य सामान्य बढ्यो, चाँदीको घट्यो
काठमाडौं, ११ फागुन। आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।
चाँदीको मूल्यमा भने कमी आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेको छ। अघिल्लो दिन अर्थात गत शुक्रबार, तोलाको १ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुन, यस दिन १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस दिन चाँदीको मूल्य भने तोलामा २० रुपैयाँ घटेको छ। गत शुक्रबार प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन भने १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ। सुन र रचाँदी खरीद विक्रिमा अन्तरािष्ट्रय मुल्यले प्रभाव पार्दै आएको छ ।















प्रतिक्रिया दिनुहोस्