ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, चाैध घाइते

काठमाडौं । रुकुम पूर्वको भूमे गाउँपालिकामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

मध्यपहाडी लोकमार्गको काम सकेर गाउँ फर्कँदै गरेका कामदार चढेको ट्र्याक्टरको ट्रली (पछाडिको भाग) सडकबाट चिप्लिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। गाउँपालिका–१ पञ्चासेमा रा १ त २२६१ नंको ट्र्याक्टर दुर्घटनामा परी सोही ठाउँका ४० वर्षीय गणेश भण्डारी र तुलसीपुर उपमहानगरपालिका दाङका ३२ वर्षीय चूडामणि चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए।

घाइते १४ जनामध्ये तीन जनाको अवस्था गम्भीर छ। घाइतेको अहिले रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्