सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि

कठमाडौं, फागुन । बिहीबार सुन र चाँदी दुबै धातुको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य प्रतितोलामा ५०० सय रुपैयाँँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यसैगरि, चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्