सुन र चाँदीको मूल्यमा निरन्तर वृद्धि, कतिमा हुँदैछ कारोबार ?
कठमाडौं,७ फागुन । बुधबार सुन र चाँदी दुबै धातुको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरि, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्