श्रीलंकाको सेयर बजार ऐतिहासिक उचाईमा

काठमाडौं,६ फागुन । श्रीलंकाको सेयर बजार इतिहासकै उच्च विन्दुमा पुगेको छ । मंगलबार कोलम्बो स्टक एक्सचेन्जको बेन्चमार्क ‘एएसपीआइ स्टाटिस्टिक’ १७ हजार २९१ विन्दुमा कारोबार हुँदैछ । स्टक एक्सचेन्जका अनुसार मंगलबार सूचकांक इन्ट्रा डे हाई १७ हजार ३२२ विन्दुसम्म पुगेको थियो । त्यस्तै, ‘एसएन्डपी एसएल २०’ सूचकांक पनि ५ हजार ११८ विन्दुमा पुगेको छ ।

सेयर बजारमा यसरी वृद्धि आउनुमा त्यहाँका राष्ट्रपति अनुरा कुमार दिसानायकेको नेतृत्वमा लगानीकर्ताको बढ्दो विश्वास जोडिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । विश्लेषकहरुका अनुसार यो वृद्धिले आर्थिक पुनरुत्थान र सकारात्मक बजार मनोवृत्ति प्रतिबिम्बित गर्छ ।

श्रीलंकाको सेयर बजारमा यो वृद्धिको पछाडि राजनीतिक स्थिरता, आर्थिक सुधार, विदेशी लगानीको प्रवाह, वित्तीय क्षेत्रको मजबुतीकरण, र प्रविधिगत सुधार प्रमुख कारणहरु रहेका छन् । सरकारको अथक आर्थिक सुधारमा देखाएको तत्परताका कारण लगानीकर्ताहरुको विश्वास बढेको छ र श्रीलंकाको सेयर बजारले नयाँ उचाइ कायम गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्