अमेरिकी डलरको भाउ दिनानुदिन बढ्दै, अरु मुद्राहरुको सटही दर कति ?
काठमाडौं,६ फागुन । आज अमेरिकी डलरको भाउ केही बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज फागुन ६ गते मंगलबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३९ रुपैयाँ ३१ पैसा कायम भएको छ । यस्तै, खरिददर १३८ रुपैयाँ ७१ पैसा कायम भएको छ । यसअघि सोमबार १ अमेरिकी डलरको बिक्रीदर १३९ रुपैयाँ २२ पैसा र खरिददर १३८ रुपैयाँ ६२ पैसा कायम भएको थियो ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४६ रुपैयाँ ०३ पैसा रहेको छ भने खरिददर १४५ रुपैयाँ ४० पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७५ रुपैयाँ ५१ पैसा खरिददर १७४ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज येन १० को बिक्रीदर ९ रुपैयाँ १४ पैसा र खरिददर ९ रुपैयाँ १८ पैसा छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८८ रुपैयाँ २३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६२ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ७३ पैसा र बिक्रीमा ९८ रुपैयाँ १५ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्