आज सुनचाँदी दुबै धातुको मूल्य बढ्यो
काठमाडौं,५ फागुन । सोमबार, नेपाली बजारमा सुनको मूल्य वृद्घि भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ६८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेकोे छ ।
त्यस्तै, आइतवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा १५ रुपैयाँ बढेर १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्