सुनको मूल्यमा भारी गिरावट

काठमाडौं,४ फागुन । आइतबार, नेपाली बजारमा सुनको मूल्य भारी गिरावट भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेकोे छ ।

त्यस्तै, आइतवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा १५ रुपैयाँ घटेर १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्