सुनको मल्यमा उचढचढाव, तोलामा २ हजार ७ सय रुपैयाँ घटे
काठमाडौं, ४ फागुन । सुनको मल्यमा उचढचढाव आउन थालेको छ । धेरै मुल्य वृद्धि हुने र घट्ने गरेको छ । यसले व्यवसायीलाई पनि र खरिदकर्तालाई पनि मर्का परेको । नेपाली बजारमा शनिबार सुनको मूल्यमा उच्च अंकको गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घटेको हो ।
शुक्रबार तोलाको १ लाख ७० हजार २०० रुपैयाँ रहेकोमा आइतबार २ हजार ७ सय रुपैयाँले घट्दै १ लाख ६७ हजार ५ सय रुपैयाँ प्रति तोला कायम भएको हो ।
आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार १ हजार ९७० रुपैयाँ कायम भएकोमा आइतबार १ हजार ९५५ रुपैयामा कारोबार भइरहेको छ ।















प्रतिक्रिया दिनुहोस्