अफगानिस्तानमा इन्धन बोकेको ट्यांकरमा अज्ञात समुहद्वारा बम आक्रमण

कात्तिक १६ः अफगानिस्तानको चारिकार नगरमा अज्ञात समुहले इन्धन बोकेर गुडिरहेको ट्यांकरमाथी बम हमला गरेका छन् उक्त हमलामा कम्तीमा पनि १५ जनाको हत्या गरिएको समाचार छ ।
सो तेल ट्यांकरमाथि पूर्वी अफगान नगर पारवानमा बुधबार राति हमला भएको हो । राति सो ट्यांकरमा बम लागेपछि विस्फोट भएको र विस्फोटका कारण आगलागी भएको हो ।
प्राप्त पछिल्लो समाचार अनुसार बम आक्रमणपछिको आगलागीमा परी वरपर रहेका नागरिक जलेर मरेका थिए ।
आगलागी भएपछि नजिकैको बस्ती तथा गुडिरहेको अर्को बसमा आगो लागेको थियो । त्यस बसको यात्रुहरु पनि आगो लागेर जलेका थिए ।
अफगानिस्तानका स्थानीय सञ्चारका अनुसारबसका यात्रुका साथै वरपरका बासिन्दा पनि आगलागीमा परेका छन् ।
यस्तो हमला यसअघि पनि अफगानिस्तानमा भइरहेको थियो । प्राय यस्तो हमलाबाट त्यसको वरपरका नागरिक शिकार हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्