एकै दिन ६८ आरोही सगरमाथा शिखरमा पुग्न सफल

काठमाडौं । अनुकूल मौसमको फाइदा उठाउँदै शुक्रबार एकै दिन स्वदेश तथा विदेशका ६८ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।
आधार शिविरदेखि चौथो क्याम्पसम्म उपयुक्त मौसम कुरिरहेका सयौं आरोहीमध्ये शुत्रबार बिहान ५ बजेदेखि ११ बजेभित्र ती आरोही शिखर पुगेका हुन् ।

विभिन्न आरोहण दलमा आबद्ध ३७ नेपाली र ३१ विदेशी आरोहीले शुक्रबार साधारण रुट दक्षिण पूर्वी मोहोडा बाट सगरमाथाको सफल आरोहण गरेका हुन्

प्रतिक्रिया दिनुहोस्