सुनको मूल्यमा भारी गिरावट, चाँदी पनि घट्यो

काठमाडौं,३० माघ । बुधबार सुनको मूल्यमा भारि गिरावट भएको छ । आज सुनको मूल्य तोलामा दुई हजार ७०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यसैगरि, चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदी मूल्य तोलामा १५ रुपैयाँले घटेर एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्