सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी भने घट्यो
काठमाडौं,२९ माघ । मंगलबार सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य भने तोलाको ३० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्