सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,२७ माघ । आईतबार सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँको गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ ।

आइतबार चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्