ट्रम्प अर्कोहप्ता चीन भ्रमणमा आउदै ।

१६ कात्तिक : चिनियाँ राष्ट्रपति सि चिनफिङको निमन्त्रणालाई स्वीकार्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को हप्ता चीन भ्रमणका लागि आउने भएका छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु छाङका अनुुसार ट्रम्प यही नोभेम्बर ८ देखि १० गते सम्म तीन दिन चीनको राजकीय भ्रमणका लागि बेइजिङ पुग्ने छन् ।
उक्त भ्रमणका क्रममा चीन र अमेरिकाका राज्य प्रमुखहरुले द्विपक्षीय सुमधुर सम्बन्ध सुदृढिकरणका साथै विभिन्न क्षेत्रीय र विश्वव्यापी मुद्धाहरुमा पनि आवश्यक छलफल र साझा धारणा निर्माण गर्नुहुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्