समयमै काम नसक्ने काठमाडौंका २४ ठेकेदारलाई अत्यन्त जरुरीपत्र

काठमाडौं । काठमाडौंमा विभिन्न आयोजनाको काम गरिरहेका २४ ठेकेदारलाई अत्यन्त जरुरी पत्र काटिको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ३ दिनभित्र आयोजनाको कामबारे विस्तृत विवरण पठाउन निर्देशन दिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जिल्लाका २४ विकास निर्माणका आयोजना प्रमुखलाई आज पत्र काटिएको बताए । ‘हामीले गृहमन्त्रालयको निर्देशन अनुसार २४ ठेकेदाारलाई जरुरी पत्र काटेका छौं, ३ दिनभित्र आयोजनाको विवरण नआए ठेकेदारलाई पक्राउ गर्छौ,’ घिमिरेले विकासन्युजसँग भने ।

सडक डिभिजन कार्यालय, भवन डिभिजन कार्यालय, सिँचाइ डिभिजन, काठमाडौं उपत्यका खानेपानी लिमिटेडसहित ११ स्थानीय तहमा आज पत्र पठाइएको छ ।

बिहीबार गृह मन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापरवाही ढंगले काम गर्ने र ठेकेदारको सूची बनाएर एक हप्ताभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेपछि काठमाडौँ कार्यालयले सम्बन्धित आयोजनाबाट कामको प्रगति विवरण माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्