एनएडीईपी लघुवित्तले आईपीओ निष्काशन गर्ने
काठमाडौं । एनएडीईपी लघुवित्त वित्तीय संस्था लिमिटेडले ७० प्रतिशत आईपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार मात्रै यस संस्थालाई अंकित मूल्य १००को ४ लाख ८० हजार कित्ता आइपीओ निष्काशन गर्न अनुमति दिएको हो ।
बोर्डले दिएको अनुमति अनुसार संस्थाले चार करोड ८० लाख रुपैयाँकाे आइपीओ निष्कासन गर्ने भएको छ ।
सो मात्राको आईपीओ निष्कासन गर्न कम्पनीको धितोपत्र निष्काशन तथा कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ् लिमिटेड रहेको छ ।















प्रतिक्रिया दिनुहोस्