सुनको मूल्य आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,२४ माघ । बिहिबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । पछिल्ला तीन दिनदेखि सुनको मूल्य उच्च दरमा वृद्धि भएको छ ।

त्यसैगरि, बुधबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको छ । आज चाँदी तोलाको एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्