सुन र चाँदीको मूल्यमा भारी वृद्धि
काठमाडौं,२३ माघ २३ । बुधबार सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ४५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । पछिल्ला दुई दिनदेखि सुनको मूल्य उच्च दरमा वृद्धि भएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ बढेको छ । आज चाँदी तोलाको एक हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्