सुन र चाँदीको मूल्यमा भारि वृद्धि
काठमाडौं२२ माघ । मंगलबार सुन र चाँदीको मूल्यमा भारी वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलाको ३५ रुपैयाँ बढेको छ । आज चाँदी तोलाको एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्