काठमाडौंमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको धुम्बाराहीमा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गएराति अन्दाजी ११ बजे धुम्बाराहीस्थित सडकखण्डमा सुकेधाराबाट महाराजगंजतर्फ जाँदै गरेको ना६ख ३६०९ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा२६प ५५५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

मृत्यु हुनेमा उदयपुर घर भई हाल काठमाडौं, बालुवाटार बस्ने ३५ वर्षीय हेमबहादुर निरौला रहेको महाशाखाले जनाएको छ ।

दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल पछाडी सवार निरौलाको उपचारको क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न दुवै सवारी साधनहरू चालकसहित महानगरीय प्रहरी वृत्त महाराजगंजको नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्