सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने एक सय पचास भन्दा बढि

काठमाडौ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको आज पाँचौ दिन १८ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आरोहणमा गएका दुई समूहका १८ जनाले शिखरमा पुगेको अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

आज पाँचौ दिन आरोहण गर्नेमा ८ जना नेपाली र ८ जना विदेशी रहेको श्रेष्ठले वताए । सबैभन्दा बढी बुधबार ९४ जना आरोहीले सफल आरोहण गरेको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए । सगरमाथाको सफल आरोहण गर्ने अहिलेसम्मको तथ्याङ्क हेर्दा यो वर्ष १५९ जना छन् ।

यस वर्षको वसन्त ऋतुमा १५ जना नेपाली महिलासहित ३४६ जनाले सगरमाथा आरोहणका अनुमति लिएका छन् ।

दोर्जी ग्याल्जेन शेर्पाले १५ औ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । आज बिहान ७ः३० बजे शेर्पाले सगरमाथाको सफल आरोहण गर्नुभएको सगरमाथा आधार शिविरबाट एचजी एभरेष्ट एक्सपिडिसन कम्पनीका मेनेजर भीम विश्वकर्माले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्