माछापुच्छ्रे बैंकको लिलामी सेयर बाँडफाँड

काठमाडौं । माछापुच्छ्रे बैंकको सेयर लिलामी बुधबार बाँडफाँड भएको छ । बैंकको साधारण सेयर ३०४ रुपैयाँ मूल्य बोलकबोल गर्ने लगानीकर्ताले प्राप्त गर्ने बैंकको सेयर विक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी दिएको छ । उता संस्थापक सेयरमा भने १५७ रुपैयाँभन्दा माथि बोलकबोल गर्नेले प्राप्त गरेका छन् ।

अन्तिम तथ्याङ्कमा केही तलमाथि पर्नसक्ने उनको भनाई छ । साधारण सेयरमा लागि लगानीकर्ताले अधिकतम ३८१ रुपैयाँसम्मको बोलपत्र पेश गरेका थिए ।

बैंकले गत साउन ५ देखि भदौ ७ गतेसम्म १२ प्रतिशत बराबरको ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा कात्तिक ५ गतेदेखि अवितरित एक लाख ४० हजार ७४० कित्ता साधारण सेयर तथा २० हजार दुई कित्ता संस्थापक समूहको सेयर लिलामीमा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्