नेपाल इन्भेष्टमेन्ट बैंकको गलत सूचनाले लगानीकर्तालाई धोका
नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांश सम्बन्धी गलत सूचना दिएर लगानीकर्ता र सञ्चारमाध्यमलाई समेत अन्योलमा पारेको छ । बैंकले सुरुमा दिएको सूचना केहीबेरमै सच्याएर नयाँ सूचना जारी गरेपछि लगानीकर्ता मर्कामा परेका छन् ।
बैंकले सुरुमा २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश प्रदान गर्ने सूचना प्रवाह गरेको थियो । यो सूचना बजारमा प्रवाह हुँना साथ बैंकको सेयरमूल्य समेत उकासिको थियो । तर केहीेबेरमा बैंकले पहिला जारी गरेको सूचना सच्याउदै १५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस्