बेस्ट वेस्टर्न प्लस काठमाडौँ चार तारे होटल सञ्चालनमा
काठमाडौँ, १० माघ । मुलुकको शिक्षा क्षेत्रमा अग्रणी स्थानमा रहेको केएमसी ग्रुपले होटल क्षेत्रमा पनि लगानी विस्तार गरेको छ ।
केएमसी ग्रुपका संस्थापकहरूले करिब डेढ अर्वको लगानीमा पिङ्लास्थानमा विश्वप्रसिद्ध अमेरिकी ब्रान्डसँग सहकार्य गरी ‘बेस्ट वेस्टर्न प्लस काठमाडौँ’ चार तारे होटल सञ्चालनमा ल्याइएको हो।
यहाँ आज आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्सनले होटलको उद्घाटन गर्नुभएको हो।
सो अवसरमा मन्त्री पाण्डेले मुलुकको आर्थिक विकास तथा समृद्धिको लागि पर्यटन क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउँदै यस क्षेत्रको विकासका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने विश्वास व्यक्त
गर्नुभयो ।
उहाँले देशमा रोजगारी सृजना गर्न लगानीको खाँचो औँल्याउँदै त्यसका लागि निजी क्षेत्रले गरेको लगानी संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
होटलका अध्यक्ष रामेश्वर अर्यालले पर्यटन व्यवसायका क्षेत्रमा उक्त होटलले नयाँ आयाम सिर्जना गर्ने बताउँदै
विश्वप्रसिद्ध अमेरिकी ब्रान्ड बेस्ट वेस्टर्न प्लससँग सहकार्य गरी पहिलो पटक नेपालमा प्रस्तुत गरिएको जानकारी दिनुभयो।
केएमसी ग्रुपका निर्देशक किशोर गोतमले अत्याधुनिक सुविधा प्रदान गर्ने राखिएको होटल करिब ७ रोपनी क्षेत्रफलमा रहेको बताउनुभयो।
होटलमा ८४ कोठा छन भने दुई प्रोग्राम हलहरूमा एक हजार २५० जना को क्षमता रहेको होटलमा स्मार्ट एलईडी स्क्रिनहरू र उच्च गुणस्तरको ध्वनि प्रणालीहरूले सुसज्जित गरिएकाे छ।
पूर्ण रूपमा सुसज्जित फिटनेस सेन्टर, शान्त स्पा, र ताजा अनुभूतिको लागि बाहिरी स्विमिङ पुलले पाहुनालाई आराम प्रदान गरिएको जनाइएको छ।
ReplyForward |
प्रतिक्रिया दिनुहोस्