आयात ७ प्रतिशतले बढ्दा, ७ खर्ब २३ अर्ब रुपैयाँ व्यापार घाटा

काठमाडौं, ७ माघ । चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो ६ महिनामा आयात ७ प्रतिशतले बढेको तथ्याङ्क सार्वजनिक भएको छ ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आ.व. पहिलो ६ महिनामा ८ खर्ब २२ अर्ब ३७ करोड ५ लाख रुपैयाँ बराबरका वस्तु आयात भएको थ्याङ्क सार्वजनिक गरेको हो ।

गत आ.व. सोही अवधिको दाँजोमा यो ७.०६ प्रतिशतले बढी हो । गत आव ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाख रुपैयाँ बराबरका वस्तु आयात भएको थियो ।

भन्सार विभागको तथ्याङ्कले बजारमा वस्तुको माग बढेको देखाउँछ । गत पुसमा १ खर्ब ६१ अर्ब बराबर आयात भएको छ । यो गत मंसिरको दाँजोमा १३ अर्ब रुपैयाँले धेरै हो ।

चालु आव पहिलो ६ महिनामा २० अर्ब १७ करोड रुपैयाँ बराबर कच्चा भटमास तेल आयात भएको छ । त्यस्तै कच्चा सनफ्लावर तेल ११ अर्ब ६७ करोड, डिजेल ५४ अर्ब ३६ करोड, पेट्रोल ३२ अर्ब १४ करोड र खाना पकाउने ग्यास २९ अर्ब ७९ करोड रुपैयाँ बराबर आयात भएको भन्सार विभागले जनाएको छ ।

आयातसँगै निर्यात पनि उल्लेख्य परिमाणले बढेको छ । विभागका अनुसार चालु आव पहिलो ६ महिना ९साउन–पुस० मा निर्यात ३१।७८ प्रतिशतले वृद्धि भएको छ । गत आव सोही अवधिमा निर्यात ७।२ प्रशितले घटेको थियो ।

उक्त अवधिमा नेपालबाट ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ बराबर वस्तु निर्यात भएको छ । गत आव सोही अवधिमा भने ७४ अर्ब ९७ करोडको निर्यात भएको थियो ।

विभागका अनुसार गत ६ महिनामा १८ अर्ब ९१ करोड बराबर भटमास तेल निर्यात भएको छ भने ४ अर्ब ९८ करोड बराबर सनफ्लावर तेल निर्यात भएको छ ।

चालु आव पहिलो ६ महिनामा मुलुको व्यापार घाटा ४.३८ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार दोस्रो त्रैमाससम्ममा ७ खर्ब २३ अर्ब ५८ करोड १२ लाख रुपैयाँ बराबर व्यापार घाटा भएको छ । गत आव सोही अवधिमा ६ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख बराबर व्यापार घाटा थियो ।

प्रतिक्रिया दिनुहोस्