पर्याप्त बिजुली नभएकाले रासायनिक मल कारखाना खोल्न नसकिएन: प्रधानमन्त्री ओली

काठमााडौं , ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्याप्त बिजुली नभएकाले रासायनिक मल कारखाना खोल्न नसकिएको जिकिर बताएको छन् । त्यसैले जलविद्युत आयोजनामा स्वदेशी तथा विदेशी लगानी जुटाउन उनले निजी क्षेत्रलाई आग्रह गरे ।

शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘वैदेशिक लगानी खास नियमभित्र राखेर बोलाउँछौं । जलविद्युतमा नेपाली लगानी नै बढिरहेको छ । हामी आफैं लगानी गर्ने हो भने अप्ठेरोमा परिँदैन । हामी नै लगानी गर्न जुटौं ।’

प्रधानमन्त्री ओलीले जलविद्युत आयोजनाका लागि स्वदेशी लगानी जुटाउन निजी क्षेत्रसँग आग्रह गरे ।

अहिलेको समय विकास पूर्वाधारबाट अगाडि बढ्नुपर्ने उनले बताए ।

पेट्रोल आयात कम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले आयातित फ्युल विस्थापित गर्ने योजनासमेत सुनाए । साथै विकासको गति तीव्र हुने उनले आश्वासन दिए ।

‘अध्यादेशले शासन चलाउन खोजे भनेर कतिले विरोध गरेका छन् । संसद बस्न अझै समय लाग्छ । २ महिना ढिला हुने भएकाले चाँडो काम गर्न यो ल्याइएको हो’, प्रधानमन्त्री ओलीले भने, ‘अध्यादेश छुट्टै पृथक होइन ।’

अध्यादेश काम गर्न ल्याइएको दोहोर्‍याउँदै उनले सबैले आफ्नो अधिकार र सीमाभित्र रहेर काम गर्नुपर्ने बताए ।

बस्ती बसेको ठाउँमा समेत जंगल भनेर दाबी गर्न खोज्नु गलत रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘नक्कली जंगल धेरै छ । दशकौंदेखि जंगल फाडेर बसेका छन् । धनी पुर्जा छैन, तर बिजुली पुगेको छ, बस्ती बसेको छ । पक्की घर बनाएका छन् । ५ दशकदेखि मानिस बसोबास गरेर बसेको ठाउँमा समेत जंगल भन्ने भ्रम चिर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्