ढुक्कले जलविद्युत क्षेत्रमा लगानी गर्न सिंचाइमन्त्री दीपक खड्काको आग्रह

काठमााडौं , ४ माघ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले ढुक्कले जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानको कार्यक्रममा बोल्दै उनले भने, ‘मुलुकको अवरोध गरेका सबै कुरालाई फुकाउँदै अगाडि बढ्ने हो । हामी निजी क्षेत्रसँग मिलेर नै अगाडि बढ्ने हो । डर नमानी, खुट्टा नकमाई जलविद्युतमा लगानी गर्न आग्रह गर्दछु ।’

उनले उत्पादन बढाउन र बिक्री गर्न नसके नेपालमा समृद्धि ल्याउन नसकिने बताए । समृद्वि र रोजगारी सिर्जना गर्न नै सरकारले काम गरिरहेको उनले दाबी गरे ।

जलविद्युत क्षेत्रमा लगानी गर्न डराउनुपर्ने अवस्था नरहेको समेत उर्जामन्त्री खड्काले स्पष्ट पारे । बजार सुनिश्चित रहेकाले ढुक्कले लगानी गर्न उनले आग्रह गरे । आन्तरिक खपतलाई पहिलो प्राथमिकता दिने गरिएको उनले दाबी गरे । बाँकी रहेकोमात्रै बिजुली बेच्ने उनले बताए ।

‘सरकारले राम्रा कामका लागि विभिन्न ऐन कानून बनाएको हो । काम गर्न नै कानून बनाइएको हो । कसैले पनि यसमा रोईकराई गर्नु पर्दैन’, मन्त्री खड्काले भने ।

प्रतिक्रिया दिनुहोस्