नेपाल दुरसञ्चार प्राधिकरणले एक वर्षभित्र सवै गाउँमा ईन्टरनेट पुर्‍याउने

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले एक वर्षमा मुलुकका सम्पुर्ण गाउँपालिकामा ईन्टरनेटको पुँहुच पुर्‍याउने लक्ष्य लिएको छ ।
भौगोलिक अवस्था सहित खर्चका हिसाबले पनि सहज पर्ने तार रहित ईन्टरनेट सेवाको पहुँच बढाईने भएको छ ।
७७ जिल्ला सदरमुकाममा ईन्टरनेटको पहुँच पुगेपनि सबै स्थानिय तहमा पुर्‍याउने लक्ष्य लिईएको छ ।
कुल जनसंख्याको ४० प्रतिशत ईन्टरनेटको पहुँच पुगेको तथ्यांक छ ।
आज विश्व दुरसञ्चार दिवस मनाईरहँदा प्राधिकरणले ९० प्रतिशत जनतामा मोबाईल फोनको पहुँच पुगेको उल्लेख गरेको छ । सिम प्रयोगका आधारमा १ सय ४० प्रतिशत जनताले मोबाईलको प्रयोग गरिरहे पनि दुई भन्दा बढि सिमको प्रयोग एकै जनाले गर्ने भएकाले जनसंख्या भन्दा प्रयोग संख्या बढि भएको प्राधिकरणका प्रवक्ता पुरुषोत्तम खनालले जानकारी दिए। सन् १९६९ देखि संयुक्त राष्ट्रसंघले विश्व टेलिग्राफ सम्मेलनको सम्झनामा दिवस मनाउन शुरु गरेको हो । आर्टिफिसियल ईन्टेलिजेन्सबाट मानव सभ्यतामा पुर्‍याउन सकिने योगदानका विषयमा यस वर्षको दिवस मनाईदैछ । नेपाल दुरसञ्चार प्राधिकरणले पनि काठमाडौंमा दिवसको अवसरमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्