सुन र चाँदी दुबैको मूल्य सामान्य बढ्यो
काठमाडौं,२ माघ । बुधबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य सामान्य बढेको छ । आज सुन प्रतितोला ४०० रुपैयाँ र चाँदी १० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, बुधबार चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्