माघको लागि बैंकहरुको ब्याजदर अधिकांशको स्थिर, दुईको स्थिर
काठमाडौं,२९ पुस । वाणिज्य बैंकहरुले माघ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश बैंकहरुले पुसको ब्याजलाई निरन्तरता दिएका छन् भने केहीले ब्याजदर परिवर्तन गरेका छन्। २० बटा बैंकहरु मध्ये १७ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका र बाँकी ३ वाणिज्य बैंकहरुमध्ये दुई वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने एक बैंकले ब्याजदर बढाएको छ ।
पुसको तुलनामा माघ महिनामा ब्याजदर घटाउने बैंक नेपाल एसबिआई बैंक र कृषि विकास बैंक रहेका छन् भने बढाउने बैंक लक्ष्मी सनराइज बैंक रहेको छ । नेपाल एसबिआई बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशतबाट ५.५ प्रतिशतमा झारेको छ भने कृषि विकास बैंकले ५.५७ प्रतिशतबाट ५.५१ प्रतिशतमा झारेको छ । लक्ष्मी सनराइज बैंकले भने यस्तो खाताको अधिकतम ब्याजदर ५.५० प्रतिशतबाट बढाएर ५.७५ प्रतिशत पुर्याएको हो ।
दुई बैकहरुको ब्याजदर घटेपछि बैंकहरुको औषत ब्याजदर पनि सामान्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्