सुन र चाँदीको दुबै धातुको मूल्य सामान्य बढ्यो
काठमाडौं,२५, पुस । बिहीबार सुन र चाँदीको दुबै धातुको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, बिहिबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्