सुनको मूल्य सामान्य बढ्यो, चाँदी भने स्थिर
कठमाडौं,२४ पुस । बुधबार बजारमा सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर रहेकोछ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन एक लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार बजारमा यस्तो सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बुधबार चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी तोलामा एक हजार ८३० रुपैयाँमा नै कारोबार भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्