बजार वृद्धिले निरन्तरता पाए

काठमाडौं, २३ पुुुस । मंगलबार पनि सेयर बजारको वृद्धिले निरन्तरता पाएको छ । आज नेप्से परिसूचक ६.१६ अंक बढेको हो । योसहित लगातार पाँचौं दिन बजार बढेको छ । यसले लगानी कर्ताह्ररुलाई केहि राहत दिनुका साथै आसा पलाएको ।

आजको वृद्धिसँगै नेप्से २६४६ मा कायम भएको छ । बजारको परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ३० करोडको कारोबार भएकोमा आज ५ अर्ब ३८ करोडको भयो ।

१२६ कम्पनीको मूल्य बढ्दा १०७ को घट्यो भने १० को स्थिर रह्यो । अरुभन्दा फाइनान्स सेक्टरमा आकर्षण देखिएको छ । सो समूह २।६५ प्रतिशत बढ्यो ।

साथै व्यापार ०।५९, निर्जीवन बीमा ०।४२, माइक्रोफाइनान्स ०।४४, जीवन बीमा ०।६७, हाइड्रोपावर ०।४२, विकास बैंक ०।८० प्रतिशत बढे । बैंकिङ ०।२७, होटल तथा पर्यटन ०।०४, अन्य ०।१८ र उत्पादन समूह ०।२५ प्रतिशत घटे ।

 

तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । सप्तकोशी विकास बैंक, न्यादी हाइड्रोपावर र प्रभुमहालक्ष्मी लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । सिन्धु विकास बैंकको ९।७, समृद्धि फाइनान्सको ९, सामुदायिक लघुवित्तको ८।६ र अपरहेवाखोलाको ८।३ प्रतिशत मूल्य बढ्यो ।

आत्मनिर्भर लघुवित्त र दोल्ती पावरको मूल्य १० प्रतिशत घट्यो । भूगोल इनर्जीको ८।४, उपकार लघुवित्तको ५।६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक, साहस ऊर्जा, एनआरएन इन्फ्रास्ट्रक्चर र भूगोल इनर्जी क्रमशः अगाडि रहे । भालिका दिनमा पनि यसले निरन्तता पाएमा केहि राहत हुने छ ।

प्रतिक्रिया दिनुहोस्