मिर्मिरे माइक्रोफाइनान्सको मूल्य समायोजन
काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको मूल्य समायोजन भएको छ । माइक्रोफाइनान्सको ३०.८० प्रतिशत बोनस सेयरमा समायोजनपछि सेयर भाउ प्रतिकित्ता २ हजार ५१८.३५ रुपैयाँ कायम भएको छ । बुधबार मिर्मिरेको सेयर कारोबार यही मूल्यलाई आधार मानेर खुलेको छ भने माइक्रोफाइनान्सको औसत आधार मूल्य २ हजार ४४.१७ रुपैयाँ छ ।
मिर्मिरेले जेठ २५ गते हुने वार्षिक साधारण सभामा ३०.८० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गर्दैछ ।















प्रतिक्रिया दिनुहोस्