सुनचाँदीको दुबै धातुको मूल्य स्थिर

काठमाडौं,२२ पुस । सोमबार, सुन र चाँदीको दुबै धातुको मूल्य स्थिर रहेको छ । आज सुन र चाँदी आईतबार कायम भएको मूल्यमै कारोबार हुने भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा यहि मूल्य कायम थियोे ।

पछिल्ला दुई दिनदेखि चाँदीको भने स्थिर रहेको छ । आज पनि चाँदी शुक्रबारको मूल्यमै कारोबार हुने भएको हो । आज चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्