५० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं,२१ पुस । नेपाल राष्ट्र बैंकले आज आईतबार ५० अर्ब रुपैयाँ तरलता बोलकबोल माफर्त खिच्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले बजारबाट उक्त रकमको तरलता तान्ने भएको हो ।

राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन बोलकबोल मार्फत ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।

निक्षेप बोलकबोलका लागि आज दिउँसो २ बजे सम्मको समय निर्धारण गरिएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसतमा ७९.०१ प्रतिशत कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्