न्युयोर्कमा ट्रक हमला, मृत्यु हुनेको संख्या ८

काठमाडौं । साइकलको लेनमा एक ट्रक चालकले ट्रक हमला गर्दा अमेरिकाको न्युयोर्क सिटीमा ८ जनाको मृत्यु र ११ जना घाइते भएका छन् । यो घटनालाई चरमपन्थी आक्रमणको रुपमा लिइएको प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले हिरासतमा लिइसकेको छ । २९ वर्षका चालक सन् २०१० मा अमेरिका छिरेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्