जेठ ३ गतेदेखि सिद्धार्थ बैंकको हकप्रद सेयर लिलामीमा आउँदै
काठमाडौं । सिद्धार्थ बैंकले जेठ ३ गतेदेखि २ लाख १४ हजार ३३५ कित्ता सेयर लिलामी गर्ने भएको छ । उक्त लिलामीमा एक लाख ७४ हजार ३१५ कित्ता साधारण तथा ४० हजार २० दशमलव ६४ कित्ता संस्थापक सेयर रहेको छ ।

बैंकले गत फागुन २ गतेदेखि ६८ लाख २६ हजार ११७ कित्ता सेयर निष्काशन गरेको थियो । सो सेयरमध्ये एक लाख ७४ हजार ३१५ कित्ता सर्वसाधारण र ४० हजार २० दशमलव ६४ कित्ता संस्थापक समूहको सेयर विक्री नभए पछि लिलाम बढाबढमा विक्री गर्न गर्न लागेको हो ।















प्रतिक्रिया दिनुहोस्