हुम्ला सदरमुकाम उडेको मकालु एयरलाइन्सको जहाज सम्पर्क विहिन

काठमाडौं । सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट उडेको मकालु एयरलाइन्सको जहाज सम्पर्कविहीन भएको छ। बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको उक्त जहाज २ घण्टा वितिसक्दा पनि सम्पर्कमा छैन ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार उक्त जहाज बिहान ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो । उनले भने, उक्त समयमा अवतरण भएको छैन । जहाज सम्पर्क बाहिर छ । थप स्थिति बुझ्ने काम भइरहेको छ ।

९एन एजेयु कल साइन भएको उक्त जहाजमा चालकदलका २ सदस्य मात्रै थिए । क्याप्टेन किरण भट्टराई थिए । यो एयरलाईन्स क्याप्टेन फिजु नेपालीको हो। यसअघि सिता एयर बेचेर फिजुले मकालु एयरलाइन्स किनेका थिए। यो कार्गो जहाज हो । त्यसो त यो जहाजले चार्टर्ड गरेर मध्य र सुदुरपश्चिमका हिमाली जिल्लामा यात्रु ओसार्ने काम पनि गर्ने गर्थ्यो ।

मकालुसँग २ वटा सिंगल इन्जिन भएको जहाज थियो तर पछि समिट एयरसँग एउटा जहाज किनेर ३ वटा बनाएको थियो। उक्त एयरलाइन्सले सुर्खेत र नेपालगन्जलाई आधार बनाएरमध्य र सुदुर पश्चिमका पहाडी र हिमाली जिल्लामा उडान भर्दै आएको थियो । हराइरहेको जहाज खोज्न सुर्खेतबाट हेलिकप्टर पठाइएको छ। कान्तिपुर

प्रतिक्रिया दिनुहोस्