वीर अस्पतालमा आज बिहानैदेखि सर्भर डाउन, फ्रिमा ओपीडी टिकट वितरण

काठमााडौं, ७ पुस । वीर अस्पतालमा प्राविधिक समस्या आउँदा ओपीडी टिकट वितरण प्रभावित भएको छ । टिकट लिनका लागि बिहानैदेखि लाइनमा बसेता पनि टिकट नपाउँदा बिरामीहरुले आक्रसित बनेका छन् । बिरामीले घण्टौंदेखि लाइन बसिरहँदा पनि टिकट नपाएको गुनासो गरेका छन् ।

वीर अस्पतालका सूचना अधिकारी सिताराम खड्काले आज बिहानैदेखि सर्भर डाउन भएकाले टिकट वितरणमा समस्या आएको स्वीकार तर बिरामीहरुलाई यत्तिकै नफर्काएको उनले दावी गरे ।

‘सर्भर डाउन भएकाले आज फ्रिमा ओपीडी टिकट वितरण गरिएको छ,’ उनले भने, ‘लाइनमा बसेकाहरुलाई टिकटमा छाप हान्दै पठाउँदै गरेका छौं ।’ डाक्टरहरुले बिरामी जाँच्न समेत सुरु गरिसकेको उनले बताए ।

नेपालकै जेठो अस्पताल वीर अस्पतालमा सर्भर डाउन हुने र सेवा प्रभावित हुने समस्या समान्यजस्तै हो। यसबाट बिरामीहरु मर्कामा पर्दा पनि दीर्घकालीन रुपमा समस्या समाधान हुन सकेको छैन । विरामीले पटक पटक धेरै समस्या व्होर्दै आउनु परेको छ । यसप्रति अस्पताल जिम्मेवार बन्नु पछ्र्र ।

प्रतिक्रिया दिनुहोस्