अमेरिकी डलरले आज फेरि बनायो नयाँ रेकर्ड
काठमाडौं,५ पुस । अमेरिकी डलरको भाउले दिनदिनै जस्तै नयाँनयाँ रेकर्ड कायम गरेको छ । आज पनि नयाँ उचाई बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३६ रुपैयाँ ४२ पैसा कायम भएको छ । यस्तै, खरिददर १३५ रुपैयाँ ८२ पैसा छ । हिजो बिहीबार १ अमेरिकी डलरको भाउ १३६ रुपैयाँ २३ पैसा पुगेर रेकर्ड कायम गरेको थियो ।
पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ ।
आयात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ । डलर बलियो हुँदा भारु र नेरु दुवै कमजोर बनेका छन् ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४२ रुपैयाँ ०१ पैसा रहेको छ भने खरिददर १४१ रुपैयाँ ३९ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७२ रुपैयाँ ४१ पैसा र खरिद दर १७१ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८५ रुपैयाँ २६ पैसा र बिक्रीदर ८४ रुपैयाँ ८८ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९४ रुपैयाँ ८२ पैसा र बिक्रीमा ९४ रुपैयाँ ४० पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्