सुन र चाँदी दुबै धातुको सामान्य मूल्य घट्यो
काठमाडौ,५ पुस । शुक्रबार पनि सुन र चाँदी दुबै धातुको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ र चाँदी तोलाको २० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यसैगरी, सुक्रबार चाँदीको मुल्य पनि २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्