मुख्यमन्त्री राउतको अभिव्यक्तिप्रति फोरमको बचाउ

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भातरीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्ने कार्यक्रममा दिएको अभिव्यक्तिका विषयमा संघीय समाजवादी फोरम नेपालले बचाउ गरेको छ भने राजपा मौन बसेको छ ।

भारतीय प्रधानमन्त्रीको भ्रमणको तयारीमा मुख्यमन्त्री तथा मन्त्रीहरू व्यस्त भएकाले बिहीबार बैठक बस्न नसकेको मन्त्रीहरूको भनाइ छ । सोमबारको मन्त्रिपरिषद् बैठकमा अभिनन्दन कार्यक्रममा मुख्यमन्त्रीले बोल्ने भाषणबारे कुनै चर्चा भएन् ।
अभिनन्दन कार्यक्रममा मुख्यमन्त्री लालबाबुले भारतीय प्रधानमन्त्रीसामु संविधानविरूद्ध आफूहरूको संघर्ष जारी रहेको अभिव्यक्ति दिएका थिए। सो अभिव्यक्तिलाई लिएर एमाले, नेपाली कांग्रेस र माओवादीले विरोध गरेका छन् भने संघीय फोरम लालबाबु पक्षमा उभिएको छ।

फोरमका नेताहरुले प्रदेश नं २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्ति स्वभाविक र जायज भएको बताउँदै आएका छन् ।

काठमाडौंका राजपाका अधिकांश शीर्ष नेताहरू प्रदेश २ का मुख्यमन्त्रीको अभिव्यक्तिबारे केही बोल्ने चाहेनन् । राजपाका दोस्रो तहका अधिकांश नेता पनि यस विषयमा बोल्न चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्