सुनको मूल्य सामान्य बढ्यो, चाँदी भने स्थिर
काठमाडौं,२ पुस । हप्ताको तेस्रो दिन बजारमा सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, मंगलबार पनि चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्