कामना सेवाको लिलामको शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । कामना सेवा विकास बैंकले लिलाममा राखेको शेयरमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । बैंकले अवितरित ८ लाख ४९ हजार ९ सय ६३ दशमलव ७७ कित्ता शेयर लिलाममा राखेको हो ।

बैंकले ३१ गतेसम्मको लागि लिलाम खोलेको भएपनि ३० गते आइतबार सार्वजनिक बिदा परेकोले लिलाममा आवेदन गर्न एक दिन थप गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्