नेपाल विद्यार्थी संघले अन्तर विश्वविद्यालय टी-२० जय नेपाल कप क्रिकेट प्रतियोगिता गर्ने
काठमाडौं, ३० मंसिर । नेपाल विद्यार्थी संघले अन्तर विश्वविद्यालय टी-२० जय नेपाल कप क्रिकेट प्रतियोगिता गर्ने भएको छ।
अध्यक्ष दुजाङ शेर्पाका अनुसार माघमा यो प्रतियोगिता हुनेछ। प्रतियोगिताको ब्राण्ड एम्बेसडरमा विश्व कीर्तिमान निमा रिन्जी शेर्पा चयन भएका छन्। शनिबार आयोजित कार्यक्रममा नेविसंघले प्रतियोगिताको ब्राण्ड एम्बेसडरमा विश्व कीर्तिमान १८ वर्षीय पर्वतारोही निमा रिन्जी शेर्पालाई चयन गरेको हो।
नेविसंघ अध्यक्ष शेर्पा र पर्वतारोही निमाबीच ब्राण्ड एम्बेसडर सम्झौतामा हस्ताक्षर भएको छ।
प्रतियोगिताको उद्देश्य समस्त मानव सभ्यताका लागि नै उपयोगी हुने भन्दै निमाले प्रतियोगिताबाट कुनै शुल्क वा पारिश्रमिक नलिने गरी सम्झौतामा हस्ताक्षर गरेको नेविसंघको भनाइ छ।
आगामी माघ महिनामा सम्पन्न हुने उक्त प्रतियोताको नारा “विश्वव्यापी उत्षणता र जलवायु परिवर्तन न्यूनीकरण गर्न साझा संकल्प” रहेको नेविसंघ प्रवक्ता सुरज सेजुवालले जानकारी दिए।
प्रतियोगिताले विश्व जगतलाई वातावरण संरक्षणको अपरिहार्यताका विषयामा खबरदारी गर्न मद्दत पुग्ने पनि उनले बताए। प्रतियोगितामा भारत, भुटानलगायत विभिन्न विश्वविद्यालयका टिम पनि खेल्ने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्