करोडौँ मूल्यको खनिज पदार्थ चोरी निकासी तिब्र

काठमाडौं ।पछिलो समय जाजरकोट जिल्लाबाट बहुमूल्य काइनाइट, टुर्मालिन पत्थरको अवैधरुपमा चोरी निकासी तीव्ररुपले हुने गरेको छ ।
सरोकारवाला निकायले वास्ता नगर्दा पत्थरको चोरी निकासी बढेको हो । जिल्लाको पश्चिमी क्षेत्रका गाउँपालिकामा पाइने नौ प्रकारका पत्थर स्थानीय तस्करको मिलेमतोमा चोरी निकासी हुने गरेको छ ।

जुनीचाँदे गाउँपालिकाको टालेगाउँ, अछार्नी, पजारु, दहलगायतका आधा दर्जन ठाउँमा पत्थर खानी रहेका छन् । खानी सञ्चालनमा सम्बन्धित निकायले वास्ता नगर्दा वर्षेनी करोडौँ मूल्यको पत्थर चोरी निकासी हुने गरेको छ ।

यसको चोरी निकासीमा संलग्न भएको भन्दै प्रहरीले अहिलेसम्म दर्जनभन्दा बढीलाई पक्राउ गरिसकेको छ । स्थानीय बजारमा उक्त पत्थर किलोको रु एक हजारदेखि ३० हजारसम्म बिक्री हुने गरेको छ । खानी आसपासमा रु १५० देखि रु एक हजार ५०० सम्ममा बिक्री हुने गरेको छ ।

यस्ता पत्थरको चोरी निकासीबाट तस्कर मालामाल भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्